समाचार

काठमाडौंमा एमालेनिकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन

नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो । फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट ¥याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिनेछ...

निर्वाचनलाई सफल बनाउनलाई सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ । शुक्रवार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उहाँले निर्वाचनलाई सफल बनाउन आह्वान गर्नुभएको हो । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल...

पर्यटन प्रवर्द्धनको रणनीति बनाउन सरोकारवालाहरुसँग छलफल शुरु

नेपालको पाँच वर्षे पर्यटन रणनीति बनाउन सरोकारवालाहरु छलफल शुरु गरेका छन् । बिहीवारबाट काठमाडौंस्थित एक होटलमा नेपाल पर्यटन बोर्ड र युएनडिपीले संयुक्त रुपमा सरोकारवालाहरुसँग छलफल शुरु गरेका हुन् । नेपालमा २०१५ देखि पर्यटन रणनीति बन्न नसकेको बताउँदै सरोकारवालाहरु यसअघि पनि युएनडिपीसँग मिलेर नेपालको पर्यटन प्रवद्र्धन गरिएको र अब पनि...

काँग्रेस पूर्वउपसभापति निधीको प्रश्तावः अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौँ

नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताउनुभएको छ । नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पटि मात्र महाधिवेशन गर्नुपर्ने बताउनु भयो । उहाँले अगामी वैशाखमा पार्टीको...

निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बिहीवार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग...

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीलाले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठक केहीबेर अघि शुरु भएको हो । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागि हुनुहुन्छ । बाराको सिमरामा उत्पन्न भएको...