समाचार
अन्तरिम सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताउनुभएको छ । परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताउनु भयो...
काठमाडौं महानगरद्वारा पहिलो चौमासिकमा ५ करोड ६५ लाख बढी राजश्व संकलन
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजश्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६ सय ५७ रुपैयाँ संकलन भएको थियो । यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आर्थिक...
मेडिकल क्षेत्र जसरी नै अरु क्षेत्रले पनि फड्को मार्नुपर्छः सुनिल शर्मा
पूर्वसांसद डा. सुनिल शर्माले मेडिकल विधाले छलाङ मारेको बताउनुभएको छ । नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अरु क्षेत्रमा पनि मेडिकल जगत्मा जस्तै नेपालमा फड्को मारेको भए मुलुक दुबइ, सिंगापुर बनिसकेको हुने बताउनु भयो । शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल...
निर्वाचनका बेला भ्रम छर्नेहरु आउँछन्, काम गर्नेलाई रोज्नुहोस्ः मुख्यमन्त्री बानियाँ
हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेहरुदेखि सचेत रहन आम मतदातालाई आग्रह गरेका छन् । अन्तरीम सरकाले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै आउने भएकाले काम गर्ने उम्मेदवारलाई चिनेर जिताउनुपर्ने बताए । शनिबार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी...
एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिँड्दै, कुन टिममा को छ ?
आजबाट नेपाल प्रिमियर लिक (एनपीएल) शुरु हुँदैछ । कीर्तिपुरको टियु खेल मैदानमा हुने एनपीएलको उद्घाटन खेल अघिल्लो वर्ष विजेता जनकपुर बोल्ट्ससँग काठमाण्डु गोर्खाजले प्रतिष्पर्धा गर्नेछ । उद्घाटन खेलको टिकट सबै सल्ड आउट भइसकेको छ । सुरक्षा चुनौती देखाउँदै प्रहरीले टिकट नहुने कीर्तिपुर को टियु खेल मैदान वरपर नआउन आग्रह...
फ्लड लाइटमा क्रिकेट सुरु, डिफेन्डिङ च्याम्पियन जनकपुरको हार
खराब ब्याटिङ गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर रोयल्सले हारबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण शुरुवात गरेको छ । दोस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर सोमबार काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट सुरु भए पनि जनकपुरले त्यसलाई यादगार...
विधिको शासन, शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यकः महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालन, र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएको छ । भदौ २३ र २४ गतेका घटना सम्बन्धि जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासंघका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासंघले जेन–जी आन्दोलनका क्रममा भएको...
मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा समर्थकहरु पनि धर्नामा उत्रिएका छन् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरुले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित समर्थकहरु धर्नामा बसेको हुन् । जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरु धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न...
पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा, कमजोर खाद्य स्वच्छता भेटियो
पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभुत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिनुभयो । यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बाग बजारमा पर्छ ।...
३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ३ अर्ब ५३ करोड लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाइ राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३ अर्ब ५३ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी...










