समाचार
जेन–जी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरु बोक्ने बस पनि जलाएः चिरिबाबु महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताउनुभएको छ । आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम...
दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गर्नुभएको छ । अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उहाँले सनाखत गर्नुभएको हो । दलको प्रश्तावित अध्यक्ष समेत रहनुभएका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गर्नुभएको हो...
संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित
भष्टाचार अन्त्य र सुशासनको पक्षमा गत भदौमा मुलुकमा भएको जेन–जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै अर्थतन्त्रसँग जोडिएका दर्जनौँ कानून निर्माण प्रभावित बन्न पुगेको छ । संसद सचिवालयकाअनुसार दुवै संसद्मा उत्पत्ति भएका ३० वटा विधेयकमध्ये करिव एक दर्जन विधेयक अर्थतन्त्रसँग सम्बन्धित थिए । ती विधेयक पूरै निष्कृय अवस्थामा पुगेका हुन्...
वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैनः अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको छ । आईतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको हो । उहाँले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै...
मंसिर महिनामै पार्टीको महाधिवेशन प्रक्रिया शुरु गर्न काँग्रेसका २४ केन्द्रिय सदस्यको माग
नेपाली काँग्रेसका केन्द्रिय सदस्य उदय शमशेर जबरासहितका २४ केन्द्रिय सदस्यले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै शुरु गर्न माग गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै उहाँले सो माग गर्नुभएको हो । १५ औं महाधिवेशन सम्पन्न गर्न...
गभर्नर पौडेलको आशंकाः कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचि
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचिमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाउनुभएको छ । शुक्रवार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचिमा राखिनु स्वभाविक नभएको...
मतदाता नामावली दर्ता प्रक्रियामा देखिएको प्राविधिक समस्या समाधान गर्न नेविसंघद्वारा आयोगको ध्यानाकर्षण
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । संघका सभापति दुजाङ शेर्पा लगायतको समूह शुक्रवार आयोगमा पुगेर निर्वाचनको तयारी र मतदाता नामावली संकलनको प्रणालीमा देखिएका समस्याको बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । संघका...
मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा विरोध जारी
मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैटौँ दिन पनि आन्दोलन जारी राखेका छन् । मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रदेशसभा सदस्यहरु आज पनि मधेस भवन अगाडी धर्नालाई जारी राखेका हुन् । धर्ना मधेस प्रदेशका पूर्वमन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु सहभागी छन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले...
अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि फोकल युनिट स्थापना
अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ फोकल युनिट स्थापना गरेको छ । मन्त्रालयकाअनुसार मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत रहने यो युनिटले विदेशी लगानीसँग सम्बन्धित सहजीकरण, नीति–समन्वय र सरोकारवाला निकायहरूसँगको सहकार्य सुदृढ गर्ने जिम्मेवारी पाउनेछ । विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय...
‘काँग्रेसका अधिकांश केन्द्रिय सदस्य निर्वाचनको पक्षमाः तीन धारमा विभाजित भयो देउवा समूह’
भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । अन्तरिम सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई देशका प्रमुख दलहरुले असंवैधानिक ठहर गरेका छन् । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ...










