समाचार
तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग चुलियो, पानीका कारण किसान चिन्तित
बिर्तामोड, झापा — नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा फूलहरूको विशेष महत्व रहने यो पर्वका लागि सयपत्री फूलको माग ह्वात्तै बढेको छ। लक्ष्मीपूजादेखि भाइटीकासम्म, घर सजावटदेखि अतिथि सत्कारसम्ममा प्रयोग हुने सयपत्री फूलको खेतीमा व्यस्त किसानहरू एकातर्फ मागको चापमा रमाइरहेका छन् भने अर्कोतर्फ हालैको अविरल वर्षाले फूल नष्ट भएपछि...
एमाले बागमती संसदीय दलको आह्वानः शान्ति, कानुन र संविधानको पक्षमा एकताबद्ध हुन आग्रह
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले हाल देखिएका अराजकतामूलक, हिंसात्मक तथा देशविरोधी गतिविधिहरूको कडा निन्दा गर्दै शान्ति, स्थायित्व र संवैधानिक व्यवस्थाको पक्षमा सबै दल, नागरिक समाज र जनसमुदायलाई एकताबद्ध हुन आह्वान गरेको छ। संसदीय दलको कार्यालय, हेटौंडामा असोज २४ गते बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, सभामुख...
सीके राउतबाट फुटेको पार्टीलाई आयोगले दियो मान्यता
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ। मंगलबार निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा)लाई मान्यता दिएको हो। पार्टीको अध्यक्षमा दीपककुमार साह छन्। जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ। जनमतले पार्टी रहेका उपाध्यक्ष दीपक साह र...
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन्। मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो। मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले...
टुँडिखेलमा मनाइयो संविधान दिवस
काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । शुक्रवार बिहान टुँडिखेलमा एक समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास गरेका छन् । सुरक्षा निकायहरुले ब्याण्ड प्रदर्शन समेत गरेका छन् ।
लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीः प्रधानमन्त्री कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जी पुस्ताको आन्दोलन गरिएका प्रतिवद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार,...
जिर्ण आयोजनाको ठेक्का तोड्न सूचि बन्दै
सरकारले जिर्ण आयोजनाको ठेक्का तोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जिर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको हो । त्यसका लागि जिर्ण आयोजनाहरुको सूचि तयार गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा...
माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरुको पार्टी होः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र...
‘घरजग्गा कारोबारमा लाइसेन्सको व्यवस्थाले कारोबार पारदर्शी हुन्छ’
घरजग्गा कारोबारलाई परदर्शी बनाउनका लागि लाइसेन्सको व्यवस्था जरुरी रहेको जानकारहरुले बताएका छन् । यस्तो कारोबार अनौपचारिक ढंगले भन्दा पनि सरकारले स्पष्ट नीति ल्याएर नियमन गर्न सके व्यवसाय विस्तार हुनुका साथै कारोबार समेत पारदर्शी हुने घरजग्गा व्यवसायीहरुको भनाइ रहेको छ । नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा विष्णुप्रसाद घिमिरेले...
जेन-जी आन्दोलनमा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी
जेन जी आन्दोलनका क्रममा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ । भदौ २३ रु २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा यि घटनाहरु भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्रीहरु जलाइएको निर्वाचन आयोगका...










