समाचार

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकलले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तमा बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रहेको थियो । २०८१...

लिपुलेकबारे चीनसँग मैले राखेको धारणा रेकर्डेड छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीबारे आफूले चीनसँग स्पष्ट कुरा राखेको बताउनुभएको छ । आफूले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमती जनाएको बताउनुभएको हो । शुक्रवार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने...

भुक्तानी तथा फर्स्यौट ऐन–२०७५ लाई संशोधन गरिँदै

सरकारले भुक्तानी तथा फस्र्यौट ऐन–२०७५ लाई संशोधन गर्ने भएको छ । उक्त ऐन लाई संशोधन गर्ने उद्देश्यले ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) ऐन, २०८२’ को मस्यौदा अर्थमन्त्रालयले तर्जुमा गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको बुँदा नं. ३२२ मा नेपाल राष्ट्र बैंक सम्बन्धी कानूनमा सामयिक सुधार...

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, १७ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद् बैठकले डीआईजीहरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गर्ने सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार आज...

विधिवत रुपमा इन्द्रजात्रा शुरु (तस्बिरसहित)

काठमाडौं उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा शुरु भएको छ । बिहीवार विहान १०ः३१ बजे पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएसँगै काठमाडौंमा विधिवत रुपमा इन्द्र जात्राको प्रारम्भ भएको हो । भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने बताइएको छ...

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि,अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयनमा ल्याउने

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि, मन्त्रालयले अल्पकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयनमा ल्याउने वताउनु भएको छ ।   मन्त्रालयले उपत्यका र उपत्यका भन्दा बाहिर सञ्चालन हुने सार्वजनिक सवारीहरूको मार्ग इजाजत पत्र (रूट पर्मिट) लाई थप व्यवस्थित...

भीमफेदीमा एमालेले बढायो आफ्नो गतिविधि

मकवानपुर, नेकपा (एमाले)ले भीमफेदी गाउँपालिकामा आफ्नो गतिविधि बढाएको छ । एमालेको जनतासंग घर, टोलमा पुगेर संवाद गर्दै गुनासाहरु सुन्ने, सुझावहरु संकलन गर्ने तथा आफ्ना विषय वस्तु जनतालाई वताउने गरि सकृयता बढाएको हो । एमालेको भीमफेदी पालिका कमिटीका उपसचिव आशिष अस्लामीले वताए अनुसार अहिले पार्टीको वैचारिक तथा नीति कार्यक्रम बारे...

उपसभामुख इन्दिरा रानाः ‘आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बालसंरक्षणमा समर्पित’

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संवैधानिक परिषद्मा नेपाली काँग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भुमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताउनु भयो । उहाँले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि...

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित)

प्रश्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा...

२०७२ को भूकम्पले भत्किएका सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसक्यौँः प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणको काम सम्पन्न भएको बताउनुभएको छ । सिजन मिडियाको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले यस्तो दाबी गर्नुभएको हो । उहाँले मुलुकमा काम गर्न निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद आफूहरु सक्दो काम गर्न लागिपरेको बताउनु...