नेशनल गोल्ड विशेष
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीलाले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठक केहीबेर अघि शुरु भएको हो । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागि हुनुहुन्छ । बाराको सिमरामा उत्पन्न भएको...
नेपाललाई ‘स्पोर्ट टुरिजम’ का रुपमा विकास गर्नुपर्छः विनायक शाह
होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको खेलकुद र पर्यटन क्षेत्रमा अभुतपूर्व गतिशीलता थपेको बताउनुभएको छ । गत वर्षबाट शुरु भएको एनपीएल दोस्रो सिजनमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च चासोको विषय बनेको र यसले स्पोट्र्स पर्यटनलाई नयाँ आयाम दिन सकेको बताउनु भयो ।...
मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताउनुभएको छ । बिहीवार निर्माणाधिन संसद भवनको निरिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताउनुभएको हो । उहाँले आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि...








