समाचार

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छः डा. शेखर कोईराला

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र...

अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर

मुलुकमा दुई ठूला दलहरुको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ । स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरुले पुष्टी गरेका छन् । पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र...

शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना

शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ । प्राथमिकतायुक्त आयोजनाहरुको २४सै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीवार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्नुभयो । उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न...

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गर्नुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि...

रास्वपाको आरोपः सरकारले संविधानको अपमान गरिरहेको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उहाँको आरोप...

प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाइ उक्त निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको...

न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस्

सर्वोच्च अदालतकी न्यायधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गर्नुभएको छ । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताउनुभएकोहो । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उहाँले गृहमन्त्री रमेश...

सौर्य एयरलाइन्स दुर्घटनाबारे अध्ययनका लागि गठित छानविन आयोगको प्रतिवेदन निष्पक्ष छैन, न्यायिक छानविन जरुरीः रघुवीर महासेठ

नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानविनका लागि न्यायिक छानविनको जरुरी रहेको बताउनुभएको छ । २०८१ साल साउन ९ गते बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल...

सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन गर्न सुदन किराँतीको माग

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन हुनुपर्ने माग गर्नुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुनः गर्न जरुरी रहेको बताउनु भयो । चित्तबुझ्दो रिपोर्ट...

सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताउनुभएको छ । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलवारदेखि शुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आँकलन गरिएको उहाँले...