राजनीति

रास्वपाको आरोपः सरकारले संविधानको अपमान गरिरहेको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उहाँको आरोप...

प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाइ उक्त निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको...

न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस्

सर्वोच्च अदालतकी न्यायधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गर्नुभएको छ । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताउनुभएकोहो । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उहाँले गृहमन्त्री रमेश...

सौर्य एयरलाइन्स दुर्घटनाबारे अध्ययनका लागि गठित छानविन आयोगको प्रतिवेदन निष्पक्ष छैन, न्यायिक छानविन जरुरीः रघुवीर महासेठ

नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानविनका लागि न्यायिक छानविनको जरुरी रहेको बताउनुभएको छ । २०८१ साल साउन ९ गते बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल...

सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन गर्न सुदन किराँतीको माग

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन हुनुपर्ने माग गर्नुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुनः गर्न जरुरी रहेको बताउनु भयो । चित्तबुझ्दो रिपोर्ट...

सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताउनुभएको छ । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलवारदेखि शुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आँकलन गरिएको उहाँले...

आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण तिरिसक्ने योजना, भ्रष्टाचार भएको पुष्टी गर्न अधिकारीले दिए चुनौती

आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋण तिरिसक्ने नेपाल नाग्रिक उड्डयन प्राधिकरण (क्यान) को योजना प्राधिकरणले बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी दुवै विमानथलको ऋण तिर्न क्यान समक्ष रहेको बताउनु भयो । उहाँकाअनुसार २०३२ सालदेखि पोखरामा विमानस्थल बनाउने भनेर जग्गा...

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताउनुभएको छ । सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर...

सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पती अधिकार रक्षा गर्न हुलाक टिकटको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट...

इजिप्ट र कतारद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले सोमवार गाजा पट्टीमा तत्काल युद्धविरामको लागि आह्वान गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयको एक विज्ञप्तिअनुसार उक्त क्षेत्रको पुनः कब्जा अस्वीकार गरेका छन् । इजिप्टले सम्भावित युद्धविराममा हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता आयोजना गरेको बेला...